भूतपूर्व सैनिकहरूद्वारा गठित कारगिल एनजीओको वार्षिक साधारण सभा सम्पन्न

IMG-20230311-WA0177.jpg

खरसाङ: भूतपूर्व सैनिकहरूद्वारा गठित गैर सरकारी संस्था कारगिल एनजीओको वार्षिक साधारण सभा खरसाङ महकुमा अन्तर्गत घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त वार्षिक सभाको अध्यक्षता कारगिल एनजीओको सभापति सुवाङ्ग सुब्बाले गरेका थिए भने सञ्चालन भिसान लामाले गरेका थिए। उप सभापति हेमराज गुरुङले स्वागत सम्भाषण राखेको कार्यक्रम अतिथहरूको बाहुलीबाट धुप दीप प्रज्वलन गरी शुरु गरिएको थियो। कार्यक्रममा कारगिल एनजीओको वार्षिक प्रतिवेदन सचिव रमेश प्रधानले राखेका थिए भने वार्षिक हर हिसाब कोषाध्यक्ष मणिकुमार छेत्रीले राखेका थिए। यसै कार्यक्रममा कारगिल एनजीओको झण्डा अनावरण गरिएको थियो। कार्यक्रममा अर्जुन योञ्जनद्वारा कविता पठन गरेका थिए भने जीवन थापाले गीत प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा कारगिल एनजीओको सदस्य रामे थापालाई प्रशंसा पत्र प्रदान गरेर सम्मान जनाइएको छ। सभाध्यक्ष सुवाङ्ग सुब्बाले आफ्नो वक्तव्यमा घैयाबारी क्षेत्रको सबै नारी वीरंगनाहरू र कारगिल एनजीओको सदस्यहरूलाई वार्षिक सभाको लागि बधाई दिएका छन्। उनले २०१९ मा स्थापना भएको यो एनजीओले अहिलेसम्म धेरै सामाजिक कार्यहरू गरेको बताउँदै यस कारगिल एनजीओलाई यहाँसम्म डोराएर लाने सचिव रमेश प्रधानप्रति धन्यवाद प्रकट गरेका छन्। कार्यक्रममा भूतपूर्व सैनिककी पत्नी वीरंगना सकिला राई, सुरज तामाङ, महेन्द्र तामाङ, पूर्णलाल सुब्बाले पनि वक्तव्य राखेका थिए।

घैयाबारी क्षेत्रका भूतपूर्व सैनिक, अर्ध सैनिक बल, पारा मिलीटेरी र भूतपूर्व सैनिकहरूका पत्नीहरूद्वारा सन् २०१९ मा गठित कारगिल एनजीओको वार्षिक कार्यक्रममा पूर्व सैनिक एंव सिमरिङ निवासी पूर्णलाल सुब्बाको बाहुलीबाट केक काटेर पालन गरिएको छ। कार्यक्रममा भूतपूर्व सैनिकको नाति चिन्डु निमा गुरुङद्वारा भायोलिनमा धुन बजाएका थिए। त्यसरी नै नानीहरूद्वारा नृत्यहरू प्रस्तुत गरिएको थियो। सभामा पुरानो कमिटीलाई विघटन गरियो भने सभाको सर्व सहमतिद्वारा यही कमिटीलाई अनुमोदन गरेर पुन: सञ्चालन गरिने निर्णय गरिएको छ। उक्त वार्षिक साधारण सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कारगिल एनजीओको महासचिव एंव भूतपूर्व सैनिक रमेश प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement