भूमि सुधार विधेयकको विरोधमा अखिल भारतीय आदिवासी मुक्ति मोर्चाकाे विरोध प्रदर्शन

73bebf3c-c4e1-44d7-9ece-1e1bb51eaabd

अलिपुरद्वार: पश्चिम बंगाल भूमि सुधार संशोधन विधेयकको विरोधमा शनिबार मटेली ब्लकको सातखैयामा अखिल भारतीय आदिवासी मुक्ति मोर्चाको तर्फबाट पत्रकार सम्मलेनको आयोजना गरेको थियो । सङ्गठनका अधिकारीहरूले भने, ‘यो विधेयकका कारण आदिवासी र चिया बगानका मजदुरहरू आफ्नो भूमि अधिकारबाट वञ्चित हुनेछन्। यस विधेयकबाट विभिन्न कर्पोरेट निकाय लाभान्वित हुनेछन् । तराई र डुवर्सका बासिन्दा भूमिहीन हुनेछन्। आगामी दिनमा विधेयकको विरुद्धमा ठूला आन्दोलन गरिने छ । बैठकमा डा. प्रफुल्ल लकडा, हेमन्त कुजुर, हेमन्त खल्को, उर्मिला उराँ, अमन उराँव, साहिल तिग्गा, राज उराँ, निकिता खेरियाको उपस्थिति थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement