नाम्चीः नाम्ची जिल्लाअन्तर्गत चेम्चेको इण्डियन हिमालयन सेन्टर फर् एडभेञ्चर एण्ड इको टुरिज्ममा आज नाम्ची कलेजका भूतपूर्व विद्यार्थीहरूले वनभोज एवं भेटघाट कार्यक्रमको आयोजना गरे। कार्यक्रममा नाम्ची कलेजका भूतपूर्व प्राचार्य रूद्र पौड्याल मुख्य अतिथि रहेका थिए। कार्यक्रममा समाजमा विभिन्न योगदान पुऱ्याएकोमा पूर्व विद्यार्थी केबी राई, चन्द्र राई र रत्न राईलाई अभिन्नदन जनाइएको थियो। कार्यक्रममा नाम्ची कलेजको एल्युमनाइ एसोसिएशन पनि गठन गरियो।
यस अवसरमा सर्वसम्मतिद्वारा ओमप्रकाश पौड्याललाई एसोसिएशनको अध्यक्ष मनोनित गरियो। यसरी नै उपाध्यक्ष सविता राई, महासचिव कुलमान छेत्री, संयुक्त सचिव मिना लामिछाने र रूपा राई, कोषाध्यक्ष प्रमिला राई र स्यामल तामाङ, प्रचार सचिव एलबी चौहान र पुनम शर्मा, साँस्कृतिक सचिव केबी गुरुङ, बुद्धीमान तामाङ, मालती शर्मा र सामडूप भोटिया, खेल सचिव विष्णु गुरुङ र मायल लेप्चा चयन गरियो। यसैगरी, कार्यक्रम प्रबन्धक केबी राई, ओङमित लेप्चा र ध्रुब शर्मा, प्रमुख सल्लाहकार आरपी पौडेल र दसरथ खरेल, सल्लाहकार लता रनजालिम, चन्द्र राई र रत्ना राई चयन गरिएका छन्। कार्यक्रममा सम्बोधन गर्दै मुख्य अतिथि पौड्यालले समाजले आफुहरूलाई धेरै कुरा दिएको हुँदा समाजप्रति पनि सोच्नु पर्ने बताए। आफु नश्वर भए पनि प्रेम नश्वर नभएको कारण प्रेमको सम्बन्ध यसरी नै बढाएर लैजानु पर्ने उनले बताए। भूतपूर्व विद्यार्थीहरूलाई सामाजिक कार्यमा अघि आउने अनुरोध गर्दै उनले विभिन्न सुझाउहरू पनि दिएका थिए। कार्यक्रममा नाम्ची कलेजका भूतपूर्व प्राचार्य दशरथ खरेल, पङ्कज दास आदिले पनि सम्बोधन गरेका थिए। भूतपूर्व विद्यार्थी ओमप्रकाश पौड्यालले सञ्चालन गरेको यस कार्यक्रमको स्वागत भाषण एनडी शेर्पा र धन्यवाद ज्ञापन खुशेनचन्द्र राईले राखेका थिए।









