निःशुल्क रक्तदान औ आँखा जाँच शिविर

6dc1ab48-7803-462b-8966-bbd5189a3492

कालचिनीः कालचिनी खण्डको उत्तर मेन्दाबारीमा शनिबार स्थानीय लिटल फ्लोक फेलोसिप क्लबको आयोजना अनि अलिपुरद्वार लायन्स क्लबको सहयोगितामा निःशुल्क आँखा जाँच शिविर साथै स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी लायन्स क्लबको पक्षबाट सभापति ज्योतिर विकास नाथले दिएका छन्। सो शिविरमा ६० युनिट रक्त एकत्रित गरेर अलिपुरद्वार जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा पठाएको आयोजक कमिटी लिटल फ्लोक फेलोसिप क्लबको सभापति ज्ञानसिंह बसुमताले बताएका छन्।
शिविरमा क्लबका सदस्यहरू विश्वदीप मोचारी, प्रनोवेश नार्जीनारी, सत्येन्द्र बसुमता, ज्ञान मोचारी, अपूर्व नार्जीनारी, अलिन्द्रनाथ ठाकुर र प्रकास मोचारी सहित अन्यान्यले स्वयंसेवकको भुमिका निर्वाह गरेको थियो। रक्तदान गर्न आउने सबैलाई टिफिनको व्यवस्था गरिएको र क्लबले विगतका दिनहरूमा पनि यस्ता सामाजिक कार्य गर्दै आईरहेको र अझै आउँदो दिनहरूमा परोपकारी कार्यहरू गर्ने लिटल फ्लोक फेलोसिप क्लबको सभापति ज्ञानसिंह बसुमताले थप जनाएका छन्।

About Author

Advertisement