ईडीले तृणमूल नेता शान्तनु ब्यानर्जीलाई पक्राउ गर्यो

West-Bengal.jpg

कोलकाता: प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सत्तारूढ़ तृणमूल कांग्रेसको अझ एक युवा नेता शान्तनु ब्यानर्जीलाई शुक्रवार मध्य रातमा लगभग ११.४५ बजी पक्राउ गयो। शान्तनु शुक्रवार बिहान ११.४० बजी सल्टलेकको सीजीओ कम्प्लेक्स स्थित केन्द्रिय एजेन्सीको अफिस पुगे। त्यहाँ दिनभरि भएको सोधपुछपछि अबेर राति उनलाई पक्राउ गरियो। जानकारी अनुसार, शान्तनुले जाँच एजेन्सीलाई भ्रमित पार्ने प्रयास गरेका छन्। यस मामिलामा पक्रा परेका तृणमूल नेता कुन्तल घोषको शान्तनुसित करीबी सम्बन्धहरूको खुलासा भएको छ।
शान्तनु हुगलीको बालागढ़को बासिन्दा हुन्। हुगली जिल्ला परिषदको अध्यक्ष भएको नाताले दुवैबीच वर्ष २०१४ देखि नै धेरै राम्रो सम्बन्ध छ। ईडीले जनवरीमा शान्तनुको घर छापा मारेर ३०० उम्मेदवारहरूको सूची उद्धार गरेको थियो। ईडीको जाँचमा स्पष्ट भएको थियो कि जुन प्रकारले कुन्तल घोषले उम्मेदवारहरूबाट रूपियाँको असूली गरी सीधा पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीसम्म पुऱ्याउने गर्थ्यो उसैगरी शान्तनुको पनि चटर्जीसित सीधा सम्पर्क थियो। पूर्व शिक्षा मन्त्रीको पीएमसित पनि शान्तनुको सम्पर्क थियो। ईडीले उनलाई आज (शनिवार) कोर्टमा पेश गरी हिरासतमा लिने माग गर्नेछ।

About Author

Advertisement