खरसाङ प्रीमियर लीगः युनाइटेड दिलाराम र हिल सेभेन संयुक्त च्याम्पियन

photocollage_202251519417353.jpg

१५ मईः खरसाङ गोर्खा पार्वत्य खेलकुद संघ (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ प्रीमियर लीग (केपीएल) फूटबल टुर्नामेण्टमा युनाइटेड दिलाराम एफसी र हिल सेभेन संयुक्त रूपले च्याम्पियन बन्यो। लीग कम् नक्आउट आधारमा खेलिएको यस टुर्नामेण्टअन्तर्गत आज यी दुई टीमबीच फाइनल भए पनि खराब मौसमले गर्दा म्याच हुन सकेन। दुवै टीमका खेलाड़ीहरू जोश र उत्साहको साथ मैदानमा पुगे पनि कुहिरोले गर्दा म्याच शुरु गर्न नसकिएको आयोजक केजीएचएसए-का महासचिव निर्मल गुरुङले बताए। अन्तमा दुवै टीमका कप्तान र म्यानेजरसँग चर्चा गरेर संघका अध्यक्ष मोहन योञ्जनको परामर्श अनुसार सबैको सहमतिमा युनाइटेड दिलाराम र हिल सेभेनलाई संयुक्त च्याम्पियन घोषित गरियो। हिल सेभेनका अरुण तामाङ (५ गोल)-ले सर्वाधिक गोलदाता र युनाइटेड दिलारामका युवा खेलाड़ी अयुष तामाङलाई प्लेयर अव् द टुर्नामेण्ट चयन गरियो। अब यी दुई टीमलाई आउँदो साल हुने शहीद गोल्ड कपमा सीधै प्रवेश दिइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *