अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रन पूरा गरे कप्तान रोहित शर्माले

CollageMaker_2023311145917469.jpg

११ मार्चः अष्ट्रेलिया विरुद्ध चौथो टेस्ट म्याचमा ३५ रनको आफ्नो ईनिंग्सको अवधि भारतीय कप्तान रोहित शर्मा अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रन पूरा गर्ने छैटौं भारतीय क्रिकेटर बने। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दोस्रो दिनको खेल समाप्त हुँदा १७ रनमा अविजित रहने रोहितले तेस्रो दिन बिहान चार रन बनाउनको साथै अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रनको माईलखुट्टीलाई स्पर्श गरे। यसको साथै उनले आफ्नो नाम अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार भन्दा अधिक रन बनाउने दिग्गज सचिन तेन्दुलकर, विराट कोहली, भारतीय टीमका वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविड़, पूर्व कप्तान सौरभ गांगुली र महेन्द्र सिंह धोनी जस्ता भारतीय ब्याटरहरूका सूचीमा सामेल गरे।
रोहितले जून २००७-मा आयरल्याण्ड विरुद्ध भारतको निम्ति अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसपछि उनले जम्मा ४८ वटा टेस्ट, २४१ वटा एकदिने र १४८ वटा टी२०आई म्याच खेलिरहेका छन्। रोहित वनडे इण्टरनेशनल क्रिकेटमा तीनवटा दोहोरो शतक लगाउने विश्वका एकमात्र क्रिकेटर हुन्। भारतको पहिलो ईनिंग्समा रोहितले अझ धेर रन बनाउन सक्थे तर उनी ५८ बलमा ३५ रन बनाएर आउट भए। उनलाई म्याथ्यू कुह्नमेनले आउट गरे। अष्ट्रेलिया विरुद्ध जारी चौथो टेस्ट म्याचमा भारतले आफ्नो पहिलो ईनिंग्समा अन्तिम समाचार प्राप्त हुँदासम्म १ विकेटमा १५४ रन बनाएको थियो। शुभमन गिल ७७ र चेतेश्वर पुजारा ३५ रनमा अविजित थिए। अष्ट्रेलियाले पहिलो ईनिंग्समा ४८० रन बनाएको थियो। यसरी भारत पहिलो ईनिंग्सको आधारमा अहिले पनि ३२६ रन पछि रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *