कोविड़ सिक्किम: दुई जना कोरोना संक्रमित रोगी भेटियो

IMG_20210910_192109-1-1.jpg

गान्तोक: केही दिनदेखि राज्यमा कोरोना भाइरसको पोजिटीभीटी दर शून्य रहेता पनि आज भने दुई जना कोरोना संक्रमित रोगी फेला परेको छ। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा उल्लेख गरेअनुसार,हिजो कूल ७९ नमूना जाँच गर्दा दुईवटा पोजिटिव मामिला देखा परेको छ। ७९ जनाको  नमूनामध्ये सर्वाधिक ५८ नमूना गान्तोक जिल्लाबाट, पाकिमबाट २१ जना र सोरेङबाट १ जनाको नमूना रहेको थियो।

केही दिनभित्र कोरोनाभाइरसको एक दुई मामिला फेलापरेपछि हाल एक हप्ताभित्रको पोजिटिविटी दर ० प्रतिशत रहेको छ। कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३२७ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४१ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement