भीरमा भीषण आगलागी

IMG-20230310-WA0321.jpg

गेजिङ: सोमखोला नजिक भिरमा भिषण आगलागी भएको खबर छ। वसन्त ऋतुको आगमनमा यसरी आगलागी हुँदा वन एवं वन्यजन्तुको ठूलो निक्सानी भएको देखिन्छ। विशेष गरि बङ्तेन र सोमलाइ जोड्ने बङ्तेनको पुछार भागमा आगलागी भएको हो। आगो कसरी लाग्यो भन्ने कुरा जान्न चहॉंदा कसैले पनि सार्बजनिक गर्न नचाहेता पनि स्थानीयको सहयोगमा आगोलाइ नियन्त्रणमा ल्याउने जति कोसिस गरेता पनि आगोले उग्ररुप लिएको हुँदा नियन्त्रणमा ल्याउन सकिएको छैन। आज सॉंझसम्म नै आगो उग्ररुपले बलिरयो। आगो दिउँसोबाट लागेको हो भन्ने कुरा थाह लागेको तर आज सॉंझसम्म पनि आगोलाइ निभाउन सकिएको छैन। यसरी आगलागीमा समाचार लेखुल्जेलसम्म जंगलबाहेक अरु अप्रिय घटना हुनबाट जोगिको छ। वन्य जन्तु र बोटबिरुवाहरु भने निक्कै सखाप भएको छ। आगोले धेरै घरहरु जोखिममा पर्ने देखिन्छ। आगो भिरमा लागेको हुँनाले अग्निसमन बिभागको गाडीबाट पनि आगोलाइ मार्न नसक्ने स्थिती देखिएको छ। अर्कोतिर भिरमा आगो लागेको हुनाले भिरबाट ठूल्ठूला ढुङ्गाहरु सडकमा झर्ने गरे पछि यात्रागर्दा अतिनै खतरा देखिने बताइन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *