पाकिममा आधारभूत शिक्षाबारे अभिमुखी कार्यक्रम

CollageMaker_2023310232039900.jpg

गान्तोक: विद्यालय प्रमुख र शिक्षकहरूको लागि आधारभूत शिक्षाबारे एक अभिमुखीकरण कार्यक्रम जिल्ला शिक्षा प्रशिक्षण संस्थानमा सुरु भयो। शिक्षा विभागको सम्मेलन हलमा आयोजित उद्घाटन सत्रमा नान्डोक, रॉंका र मार्ताम गरी तीनवटा ब्लकका विद्यालय प्रमुख र शिक्षकहरू सहभागी थिए। उद्घाटन सत्रमा गान्तोक जिल्लाको मुख्य शिक्षा अधिकारी छिरिङ चिङगापा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्‌। कार्यक्रममा तीनवटै ब्लकका ब्लक प्रमुखहरू, अधिकारीहरू र प्रधान अध्यापकहरू उपस्थित थिए। मुख्य अतिथिले आफ्नो सम्बोधनमा रिसोर्स सेन्टर संयोजकहरू र ब्लक रिसोर्स सेन्टर संयोजकहरूसँगको संयोजनमा गरिँदै आएको विभिन्न गतिविधिहरूको बारेमा प्रकाश पारे र त्यसका लागि विद्यालय प्रमुखहरूबाट सहयोग मागे। सह निर्देशक छिरिङ ल्हमु भोटियाले सहभागीहरुलाई बालबालिकाको जीवनमा आधारभूत साक्षरता र संख्यात्मकताको आवश्यकता, अवधारणा र महत्त्व बुझ्नको लागि तालिमको उद्देश्यहरूबारे प्रकाश पारिन्‌। बालबालिकाहरूलाई निपुन भारतको लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न विद्यालय प्रमुखहरूलाई सल्लाह दिए। प्रमुख अतिथिले आफ्नो सम्बोधनमा विभागले सञ्चालित सबै कार्यक्रमको लक्ष्य हासिल गर्नका लागि आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक र प्रभावकारी रूपमा निर्वाह गर्न उपस्थित सबैलाई आग्रह गरिन्‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *