स्वास्थ्य भवन घेराउ गर्न पुगेका भाजपा कार्यकर्ताहरूको पुलिससँग झडप

e378a35c385fb2a0234de8ed4998f711.jpg

कोलकाता: भाजपा युवा मोर्चा र महिला मोर्चाले शुक्रवार सल्टलेकस्थित स्वास्थ्य विभाग मुख्यालय पश्चिम बंगालमा एडिनो भाइरस संक्रमणलाई लिएर स्वास्थ्य विभागको विफलता विरूद्ध घेराउ गर्यो। शुक्रवार दिउँसो सयौं भाजपा कार्यकर्ताहरूले रेली निकालेर स्वास्थ्य भवनतिर अग्रसर बने। पुलिसले उनीहरूलाई अगाडि बढ्न दिएन, जसकारण भाजपा कार्यकर्ताहरू र पुलिसकर्मीबीच झडप भयो। भाजपाको कार्यक्रम पूर्व घोषित थियो, जस कारण क्षेत्रमा अतिरिक्त संख्यामा पुलिसकर्मीहरू तैनात गरिएको थियो। दिउँसो १.३० बजी करूणामयी बस स्ट्याण्डमा भाजपा युवा मोर्चा र महिला मोर्चा कार्यकर्ताहरू भेला हुन थाले। युवा मोर्चाका प्रदेश अध्यक्ष इन्द्रनील खांका साथै महिला मोर्चाकी प्रदेश अध्यक्ष एवं विधायक अग्निमित्रा पल पनि उपस्थित थिए।भाजपा कार्यकर्ताहरूको यालीलाई पुलिसले स्वास्थ्य विभाग पुग्न दिएन। पुलिसले न्यालीलाई बाटो बीचमा रोकेर आगाडि बढ्न दिएन। यस क्रममा पुलिसकर्मीहरूसँग भाजपा कार्यकर्ताहरूको ठेलाठेल शुरू भयो। यसको विरोधमा उनीहरू बाटोबीचमा बसे। लगभग डेढ घण्टासम्म स्थिति तनाउपूर्ण बनिरह्यो। तर, भाजपा कार्यकर्ताहरू स्वास्थ्य भवन पुग्न सकेनन्। पुलिसले धेरै भाजपा कार्यकर्ताहरूलाई हिरासतमा पनि लिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *