सात कक्षाकी छात्राको यौन शोषण, आरोपित पक्राउ

d67e782a-2dc9-11ec-bf76-acac15ac8e08_1634311138298.jpg

सिलगढ़ी: एक व्यक्तिलाई बागडोगरा थानाको पुलिसले बिहिवार राति सातौं कक्षाकी एउटी छात्रासँग लगातार यौन दुराचार गरेको आरोपमा पक्राउ गरेको छ। यस घटनामा पक्रा पर्ने आरोपितको नाम निरोद देवनाथ हो। आरोपित व्यक्ति दिनाजपुर निवासी हुन्। यो घटना बागडोगराको बुरी बालासन क्षेत्रको हो। जानकारी अनुसार, आरोपित व्यक्तिले गत छ महिनादेखि छात्रालाई धम्की दिएर उनीसँग दुष्कर्म गरिरहेका थिए। छात्रा बिमार भएपछि मात्र पीडित परिवारलाई यस घटनाको बारेमा थाहा लाग्यो पीडित परिवारले बागडोगरा थानामा लिखित शिकायत दर्ता गराएको छ। शिकायतको आधारमा पुलिसले आरोपित व्यक्तिलाई गए राति पक्राउ गरेको छ। पुलिस सुत्रहरू अनुसार, आरोपित व्यक्ति बागडोगरामा किरायको कोठामा बस्छन्। पुलिसले यस घटनको सम्बन्धमा जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement