असममा दश करोड़को हेरोइन जफ्त

karimganjf-sixteen_nine.jpg

करीमगञ्ज: करीमगञ्जका नयाँ पुलिस अधीक्षक पार्थ प्रतिम दासले फेरि नशा (ड्रग्स तस्करहरूविरूद्ध ) कारबाही शुरू गरेका छन्। एसपी दासको नेतृत्वमा पुलिसका सादा पोशाकधारीहरूको एउटा विशेष टीमले शुक्रवार बिहानै असम- मिजोरम सीमावर्ती क्षेत्रमा छापामारीको कारबाही गरेर दश करोड़ रुपियाँको हेरोइनसितै तीन तस्करलाई पक्राउ गरेको छ।पुलिस अधीक्षक पार्थ प्रतिम दासले बताए, मादक पदार्थ तस्करहरूको एउटा समूह असमको सीमावर्ती मार्ग भएर मिजोरमबाट करीमगञ्ज जिल्लाको आसिमगञ्ज क्षेत्रमा हेरोइन लिएर आइरहेको विशेष सूत्रहरू मार्फत थाहा लागेको थियो। सोही आधारमा बितेको अबेर राती तीन राज्यसित जोडिएको सीमा क्षेत्रका बाजारीछोड़ा थाना अन्तर्गत कोंटेकछोरा बजारसित टाँसिएको स्थान सहित नगर क्षेत्रहरूमा सिभिल ड्रेसमा पुलिस टीमलाई तैनाथ गरियो।
शुक्रवार भोर बिहान वाहनमा सवार तस्करहरू मिजोरमको सीमाना पार गरेर मेडली हुँदै लायरपोआ कानमुन अन्तरराज्यीय राजमार्ग तर्फ बढ्न शुरू गरेपछि पुलिसकर्मीहरू उनीहरूको पछि लागे त्यसपछि चेकिंग प्वोइन्टमा उपस्थित पुलिसकर्मीहरूलाई पनि यसको सूचना दिइयो। बाजारीछोड़ा थाना अन्तर्गत नगर पुलिस गश्ती चौकीको कोटेकछोरा इलाकामा एसपीको नेतृत्वमा सादा पोशाकमा तैनाथ पुसिकर्मीहरूले मारूति अल्टो कार (एएस-१० एफ-५२९९) लाई रोकेर तलासी लिए। तलासी अवधि गाड़ीको दैलौमा एकदमै नदेख्ने प्रकारले लुकाएर राखेको एक सयवटा साबुनदानी फेला पन्यो जसमा हेरोइन राखिएको थियो। जफ्त गरिएको हेरोइनको भार एक किलो तीन ग्राम रहेको छ। यस मामिलामा कबीर अहमद, अल्ताफ उद्दीन र कादिरलाई पक्राउ गरिएको छ। यीमध्ये कार चालक कबीर अहमद करीमगञ्ज जिल्लाको एरालीगुला निवासी रहेको थाहा लागेको छ। पुलिसको जाँचबुझमा तस्करहरूले स्वीकारे कि उनीहरूले मिजोरमको चाम्पाईबाट ड्रग्स एकत्र गरेर करीमगञ्ज जिल्लाको आसिमगञ्जमा पुयाइरहेका थिए। पुलिसले तीनै तस्करहरूलाई बजारीछोरा थानामा जाँचबुझ गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *