रामसे हन्ट सिन्ड्रोमसित जुझ्दै जस्टिन बिबर…

Justin-Beiber

नयाँ दिल्ली: अन्तर्राष्ट्रिय पप गायक जस्टिन बिबर खतरनाक रोगसँग लडिरहेका छन्। उनको आधा अनुहार पक्षघात भएको छ। यसको मुख्य कारण दुर्लभ रोगबाट पीडित हुनु हो। उनलाई रामसे हन्ट सिन्ड्रोम भएको पत्ता लागेको छ। जसका कारण उनको आधा अनुहार पक्षघात भएको छ। जस्टिन बिबर आफैले सामाजिक सञ्जालमा आफ्नो भिडियो शेयर गरेर यो जानकारी दिएका छन्। इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै गायकले आफू न त आँखा झिम्क्याउन न त अनुहारको एक तर्फ हाँस्न सक्ने बताए। रिपोर्टका अनुसार रामसे हन्ट सिन्ड्रोमले कानदेखि अनुहारसम्मका नसाहरूलाई असर गर्छ। यसले अनुहारमा दागहरू निम्त्याउँछ जसले धेरै असुविधा र पीडा दिन्छ। यो रोगमा अनुहार पूरै सुन्निन्छ। अनुहारमा ठूला दागहरू देखा पर्छन्। यसबाहेक बिरामीको अनुहारमा पक्षाघात पनि हुनसक्छ। यसले टाउकोको नसालाई संक्रमित गर्छ। यससँगै सुन्ने क्षमता पनि समाप्त हुन्छ। यो रोग तुरुन्तै उपचार गर्नुपर्छ। अन्यथा यसले गम्भीर परिणाम निम्त्याउन सक्छ। जस्टिन बिबर भन्दा पहिले एन्जेलिना जोली, सिल्वेस्टर स्टेलोन, जर्ज क्लुनीलाई पनि यो रोग लागेको थियो। तर, उपचारपछि यी सेलिब्रेटी स्वस्थ भएका छन्।

About Author

Advertisement