रिनाक बजार सरकारी निम्न माध्यमिक विद्यालयमा विदाई कार्यक्रम सम्पन्न

Untitled-2-copy

रिनाकः रिनाक बजार सरकारी निम्न माध्यमिक विद्यालयकी शिक्षिका पुष्प सेवा सेवानिवृत्त बनेकी छन्। उनले गत ३१ जनवरी, २०२३ देखि अवकाश ग्रहण गरेकी हुन्। विद्यालय परिवारले आज उनको सम्मानमा विदाई कार्यक्रम आयोजन गऱ्यो। सिक्किम सरकारको शिक्षा विभाग अधिनस्थ विभिन्न सरकारी स्कूलहरूमा ४० वर्ष शिक्षण सेवा प्रदान गरि शिक्षिका पुष्प सेवा सेवानिवृत्त बनेकी छन्। विद्यालयको प्रांगणमा आयोजित सो कार्यक्रममा अवकाशप्राप्त शिक्षिका षुष्प सेवासहित विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, पूर्व शिक्षक जेएन शर्मा, स्कूल प्रबन्धन समितिका पदाधिकारीहरू, सीआरसी समन्वयक लिजामित लेप्चा, भूतपूर्व जिल्ला पंचायत इन्दिरा हिङमाङ, एनजीओकी देविका प्रधान आदिको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरूमा शिक्षिका पेगिला भोटियाको स्वागत सम्बोधनपछि पूर्व शिक्षिका पुष्प सेवालाई उपस्थितजनसहित स्कूल परिवारले खदा-माला, उपहार भेट साथै कदर पत्रद्वारा सम्मानित गरियो। शिक्षक धिरेन दासद्वारा सञ्चालित कार्यक्रमलाई प्रधानाध्यापक टीएन पौड्यालले आफ्नो मन्तव्यमा अवकाश ग्रहण गरेकी शिक्षिकाप्रति आगामी दिनको निम्ति शुभकामना दिँदै उनी एक अनुभवी, मिलनसार, सरल तथा विद्यालयको निम्ति एक अभिभावकसरह रहेकी बताए। कार्यक्रमको विषयवस्तुमाथि पनि प्रधानाध्यापक पौड्यालले प्रकाश पारेका थिए। कार्यक्रममा कक्षा १ का नानीहरूले राइम्स, प्राथमिक अनि निम्न माध्यमिक स्तरीय विद्यार्थीहरू लगायत शिक्षिकाहरूले रंगारंग सांस्कृतिक नेपाली नृत्य अनि शिक्षक सुमन थापाले गायन प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सहायक शिक्षा अधिकारी रोहित शर्माले सम्बोधन गरेपछि अवकाश प्राप्त शिक्षिका पुष्प सेवाले आफ्ना शिक्षण पेशाको अनुभव साझा गरेकी थिइन्। उनले आफ्नो प्रथम नियुक्ति उत्तर सिक्किमको एक स्कूलमा भएको र जम्मा आठवटा विभिन्न स्कूलहरूमा ४० वर्ष सेवा दिएकी बताइन्। कार्यक्रमको अन्त्यमा शिक्षिका अमृता बराईली खातीले कृतज्ञता ज्ञापन गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *