नाम्चीः नाम्चीको भाइचुङ स्टेडियममा आज अन्तरराष्ट्रिय महिला दिवस पालन गरियो। उक्त कार्यक्रम ‘खेला इण्डिया दश का दम’ अन्तर्गत राज्य खेल एवं युवा मामिला विभागले आयोजन गरेको थियो। कार्यक्रमको विषय खेलको माध्यमद्वारा महिला सशक्तिकरण राखिएको थियो। यस अवसरमा जिल्ला अधिक्ष अन्जिता राजालिम मुख्य अतिथि थिइन्। उनले अन्तरराष्ट्रिय महिला दिवसमा सफलतापूर्वक कार्यक्रम आयोजन गरेको निम्ति खेल एवं युवा मामिला विभागलाई बधाई दिइन्। समाजमा महिलाहरूको महत्वपूर्ण स्थान रहेको बताउॅंदै महिलाहरूमा राज्यको उत्थान गर्ने क्षमता रहेको बताइन्।
उनले कुनै पनि खेललाई आफ्नो पेशाको रूपमा अपनाउन महिलाहरूलाई प्रोत्साहित गरिन्। यसैगरी, उनले राज्य सरकारद्वारा महिलाहरूको सशक्तिकरणको निम्ति शुरू गरिएका कार्यक्रमहरूको बारेमा जानकारी दिइन्। कार्यक्रममा विभिन्न खेलका महिला प्रशिक्षकहरूलाई सम्मानित गरियो। यसैगरी, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा राज्यको नाम रोशन गर्ने महिला खेलाड़ीलाई सम्मानित गरियो। यस अवसरमा विभिन्न खेलकुद गतिविधिहरू पनि आयोजना गरिएको थियो।