नेहरू युवा केन्द्र गान्तोकद्वारा जिल्ला युवा उत्सव आयोजना

00-1-NYK-1

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा गरेको सम्बोधन ‘पञ्च प्राण’ भन्ने नाराका साथ नेहरू युवा केन्द्र गान्तोकले आज तादोङको नरबहादुर भण्डारी सरकारी कलेजको सभागृहमा जिल्ला स्तरीय युवा उत्सव आयोजना गर्यो। युवा उत्सवमा युवा कलाकार प्रतियोगिता, चित्रकला प्रतियोगिता, युवा लेखक प्रतियोगिता, कविता लेखन प्रतियोगिता, मोबाइल फोटोग्राफी प्रतियोगिता, उद्घोषणा प्रतियोगिता र सांस्कृतिक महोत्सव-समूह प्रतियोगिता गरी जम्मा पाँचवटा प्रतियोगिता भएको थियो। चित्रकला, कविता लेखन र घोषणा प्रतियोगिताको विषय ‘विकसित भारत-भारत@२०४७ को लक्ष्य’ थियो र मोबाइल फोटोग्राफी प्रतियोगिताको लागि स्ट्रीट फोटोग्राफी, प्रकृति फोटोग्राफी, पोर्ट्रेट आदि विषय थियो। कार्यक्रमका निर्णायकहरूले शिक्षा, कला र चित्रकला क्षेत्रका विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे। विजेताहरूले आउँदो दिनहरूमा राज्य स्तरीय युवा उत्सवमा भाग लिनेछन् अनि राज्य स्तरका विजेताहरूले राष्ट्रिय स्तरमा सिक्किमको प्रतिनिधित्व गर्ने भएका छन्। कार्यक्रममा गान्तोकका सबै कलेजका करिब दुई सय जना सहभागी थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement