कोलकता: विधानसभामा भाजपाले मोदी मोदीको नारा लगाए, तृणमूलका विधायकहरूले पनि दिदी दिदीको नारा लगाए। सदनमा पञ्चायत अनि ग्रामीण उन्नयन विभागको बजटमा चर्चा चलिरहेको थियो। त्यही समय मन्त्री प्रदीप मजूमदारले बंगालको बकाया फण्डमा वक्तव्य राख्दै नाम नलिई तिनले देशको एकजना नेताको सुट अनि वाइट हाउसको बाहर फोटो खिचाउनेलाई विषयलाई लिएर राखे।त्यसपछि मात्र भाजपाका विधायकहरूले मोदी मोदीको नारा लगाउन थाले। तृणमूल विधायकहरूले पनि दिदी दिदीको नारा लगाएका थिए।