थप तीन नानीको एडिनोभाइरसले मृत्यु

95413577.png

कोलकाता: महानगर कोलकाताको बीसी रोय शिशु अस्पतालमा एडिनो भाइरस संक्रमणको कारण अझ तीन नानीको मृत्यु भएको खबर अघि आएको छ। बिहीवार साझँदेखि शुक्रवार बिहानबीच तीनैको मृत्यु भएको छ। अस्पताल सूत्रहरू अनुसार, शुक्रवार बिहानै दुई वर्षीय एक नानीको मृत्यु भयो। नानी उत्तर २४ परगनाको ठाकुर नगरको निवासी थियो। यसअघि राति डेढ़ वर्षीय नानी अयान मण्डलले अन्तिम सास लियो। बालक उत्तर २४ परगनाकै बनगाउँको निवासी थियो।त्यही बिहीवार साँझ एक साल ११ महिने शान्तनु कृतन्यको मृत्यु भयो तीनैलाई यही साता अस्पतालमा भर्ती गराइएको थियो र उपचारको समय यिनीहरूको मृत्यु भयो। यिनीहरूमा सर्दी, खोकी, ज्वरोको साथ सास लिनमा समस्याको लक्षण थियो। डाक्टरहरूले एडिनोभाइरस संक्रमणको आशंका व्यक्त गरेका थिए। यिनीहरूको मृत्युको जानकारी राज्य स्वास्थ्य विभागलाई दिइएको छ। शरीरमा कोमोरबिडिटी थियो वा संक्रमणको कारणले नै नानीहरूको ज्यान गएको हो, यसको पत्तो लगाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement