कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा बांग्ला फिल्महरूका अभिनेता बोनी सेनगुप्तालाई प्रवर्तन निदेशालय (ईडी) ले एक पल्ट फेरि सोधपुछको निम्ति बोलाएको छ। केन्द्रिय एजेन्सीको सूत्रहरूले शुक्रवार जानकारी गराएको छ, बिहीवार उनीसित ११ घण्टासम्म सोधपुछ भयो राति १०.३० बजी पश्चात उनलाई घर पठाइएको थियो ।सीजीओ कम्प्लेक्स स्थित ईडी अफिस बाहिर निस्केपछि त्यहाँ उपस्थित मीडिया कर्मीहरूसित बोनीले कुनै गरेका थिएनन्। यसपछि शुक्रवार एक पल्ट फेरि उनलाई केन्द्रिय एजेन्सीको तर्फबाट नोटिस पठाएर आगामी मंगलवार सोधपुछको निम्ति हाजिर हुनलाई भनिएको छ। उनीसित त्यस गाडीको दस्तावेज पनि ल्याउनलाई भनिएको छ, जसलाई किनका लागि कुन्तल घोषले रूपियाँ दिएका थिए। उल्लेख, नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूल युवा नेता कुन्तल घोषले शिक्षक नियुक्तिको साटो असूली गरिएको राशिको ठूलो हिस्सा फिल्म इन्डस्ट्रीमा निवेश गरेका छन्। शर्ट फिल्म बनाउनदेखि लिएर साना-ठूला कार्यक्रम गर्नसम्ममा उनले ठूलो राशि लगाएका छन्, जसमा बोनीले काम गर्नेगर्थे। एक दिनअघि बिहीवार भएको सोधपुछमा बोनीले स्वीकार गरेका छन् कि कुन्तल घोषले उनलाई ३५ देखि ४० लाख रूपियाँ दिएका थिए, जसबाट उनले गाडी किनेका थिए। कुन्तलले पनि कोर्टमा पेशीको समय उनी बोनीको साथ पाँच वर्ष काम गरिसकेको दाबी गरेका थिए।