गान्तोक: विभिन्न राजनीतिक पार्टीहरू त्यागेर सत्ताधारी एसकेएम पार्टीमा सामेल हुने क्रममा दरमदिन समष्टि अन्तर्गत विभिन्न खण्डबाट ६ घर परिवारले एसडीएफ पार्टी र अन्य पार्टीबाट राजीनामा दिएर एसकेएम पार्टीको झण्डा समातेका छन्। आज बिहान क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाको ओनेस्थित निजी निवासमा मन्त्रीले सबैलाई खदा लगाएर पार्टीमा स्वागत जनाए। मन्त्रीको साथमा समष्टिका युवा प्रकोष्ठका संयोजक रमेश गुरुङ, बुढियाखोप ब्कल अध्यक्ष एमके गुरुङ अनि पञ्चायत सदस्यको उपस्थिति थिए। एसकेएम पार्टीमा सामेल हुनेहरूमा फूर्वा नामग्याल शेर्पा, गणेश गुरुङ, कमल गुरुङ, धनमाया गुरुङ, दिपेन गुरुङ र उर्मिला गुरुङ रहेको बताइएको छ।









