भागोप्रमोको खरसाङमा सांगठनिक सभा सम्पन्न

IMG-20230310-WA0294.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको तत्वावधानमा खरसाङको पार्टी कार्यालयमा एक सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमोको खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा पार्टीको समष्टीहरूमा र ब्लकदेखि महकुमा समिति स्तरीय नेतृत्वहरू एवं भातृ संगठनहरूका नेतृत्वहरूलाई लिएर आगमी १४ मार्च मंगलबारको दिन कर्मी सभा आयोजना गरिने विषयमा चर्चा परिचर्चा गरिएको छ। पार्टीको समष्टी, खण्ड र महकुमा स्तरीय नेतृत्वहरूलाई लिएर गरिने सांगठनिक सभा विषयमा सर-सल्लाह र परामर्श आदान प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

सभामा वक्ताहरूले पार्टीको संगठनमा अनुशासितसहित जनहितको सेवा कार्यमा क्षेत्रीय सभासदवर्गलाई लिएर अघि बढाउन पार्टीको मजबुतीकरण गर्न सभामा राखिनु पर्ने सबैले सभामा सुझाव राखेका थिए। उक्त सभामा जीटीएका कार्यकारी सभासद रतन थापा, सभासदहरू श्याम शेर्पा, नवराज छेत्री, प्रणाम रसाइली, आशा मुखिया लामा, मैया ठकुरी, अनुप रामुदामु, प्रणय रोका, एमबी घले लगायत समष्टी, महकुमा स्तरीय नेतृत्वहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement