दार्जीलिङ: हाम्रो पार्टीको प्रतिनिधि टोलीले दार्जिलिङ जिल्लाको जिल्लाधिकारीसंटणग भेट गरेका छन्। हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाको नेतृत्वमा जिल्लाधिकारी एस पुनमबालमसँग भेट गरेर जीटीए सभाको नियम अनुरूप प्रत्येक तीन-तीन महिनामा जीटीए सभाको सभा बोलाउनु पर्ने उल्लेख रहेको छ तर पहिलो र दोस्रो बैठकपछि आजसम्म जीटीए सभाको सभा बोलाएको छैन भन्दै अविलम्ब सभा बोलाउनु पर्ने मांग गरेको छ। हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियासंग सभासद रूबेन दास प्रधान,पार्टी केन्द्रीय कमिटी सदस्य फिन्जो वाङगेल गुरूङ उपस्थित थिए। जिल्लाधिकारी एस पुनमबालमसँगको भेटवार्तामा हाम्रो पार्टी प्रतिनिधि टोलीले नगरपालिकाको नियम अनुसार प्रत्येक महिना नगरपालिकामा नगर पार्षद एंव नगर पार्षदिकाहरूको बैठक बोलाउनु पर्ने उल्लेख रहेको छ तर दार्जीलिङ नगरपालिकामा भागोप्रमोको गठबन्धन बोर्डले बोर्ड गठन गरेदेखि यता आजसम्म निर्वाचित नगर पार्षद एंव नगर पाषर्दिकाहरूलाई लिएर कुनै बैठक बोलाएको छैन त्यसकारण दार्जीलिङ नगरपालिकाको बोर्डले निर्वाचित नगरपार्षद एंव नगर पाषर्दिकाहरूलाई लिएर बैठक बोलाउनु पर्ने मांग गरेको छ।त्यसरी नै दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर २४ को निर्वाचित नगर पार्षदले राजीनामा दिएपछि अहिले खाली रहेको छ। खाली रहेको वार्ड नम्बर २४ मा उप चुनाव गराउँनु पर्ने मांग पनि हाम्रो पार्टीको प्रतिनिधि टोलीले गरेको छ। स्मरण रहोस् जीटीए सभाको चुनावपछि गत वर्ष जीटीए सभाको दुई दिवसीय सभा सम्पन्न भएको थियो भने त्यसपछि यता जीटीए सभाको सभा भएको छैन। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले यसबारे जीटीए चिफ् अनित थापालाई पत्रचार गरेर जीटीए सभाको सभा डाक्ने अनुरोध गरी सकेको छ। तर यतिका दिनहरू बितिसक्दा पनि जीटीए सभाको सभा नबोलाउँदा हाम्रो पार्टीको प्रतिनिधि टोलीले जिल्लाधिकारी एस पुनमबालमसँग भेटवार्ता गरेको हो अनि नियम अनुरूप यहाँ कुनै कार्य भएको छैन भनी हाम्रो पार्टी महासचिव भोटियाले बताएका छन्।