अष्ट्रेलियाको ४८० रन, जवाफमा भारतको कुनै विकेट नगुमाइ ३६ रन

IMG-20230310-WA0284.jpg

१० जुलाईः अष्ट्रेलियाले भारत विरुद्ध जारी चौथो टेस्ट म्याचमा ओपनर उस्मान ख्वाजा (१८०) र क्यामरन ग्रीन (११४)-को शतकको सहायताले आफ्नो पहिलो ईनिंग्समा ४८० रनको विशाल स्कोर बनायो। जवाफमा भारतले आफ्नो पहिलो ईनिंग्समा दोस्रो दिनको खेल समाप्त हुँदासम्म कुनै विकेट नगुमाइ ३६ रन बनायो। शुभमन गिल १८ र कप्तान रोहित शर्मा १७ रनमा अविजित छन्। यसरी भारत अहिले पहिलो ईनिंग्सको आधारमा ४४४ रन पछि रहेको छ।

अष्ट्रेलियाको तर्फबाट आज अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा ख्वाजा र ग्रीनले भारतीय बलरहरूलाई पूरा दिन सताए। ख्वाजा आज केवल २० रनले गर्दा दोहोरो शतक बनाउनदेखि चुके। उनले ४२२ बल खेलेर २१ वटा चौकाको साथ १८० रन बनाए। यसरी नै युवा अलराउण्डर ग्रीनले आज आफ्नो पहिलो टेस्ट शतक बनाए। ग्रीनले १७० बल खेलेर १८ वटा चौकाको साथ ११४ रन बनाए। ख्वाजा र ग्रीनले मिलेर पाँचौं विकेटको निम्ति २०८ रनको पार्टनरशीप गरेर भारतलाई चेपारोमा पारे।

अश्विनले ग्रीनलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े। अष्ट्रेलियाको निम्ति तल्लो क्रममा टड मर्फी (४१ रन) र न्याथन लायन (३४ रन)-ले पनि उपयोगी योगदान दिए। भारतीय बलरहरूमा अफ् स्पिनर रविचन्द्रन अश्विनले सर्वाधिक ६ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *