फूटबल ट्रायल्सः सिलगढ़ीबाट १५ जनाको चयन

IMG-20230310-WA0224.jpg

१० मार्चः सिलगढ़ी युनाइटेड फूटबल क्लबको सहयोगमा बेंगलुरुको अग्रणी क्लब ड्रीम युनाइटेडद्वारा शुक्रवार सिलगढ़ीमा खेलाड़ीहरूका ट्रायल्स (प्राथमिक चरण) सम्पन्न गरियो। सालुगढ़ा खेल मैदानमा आज भएको ट्रायल्समा १०० भन्दा अधिक खेलाड़ीहरूले हिस्सा लिएका थिए, जसमा १५ जनालाई प्राथमिक रूपमा चयन गरियो। यी खेलाड़ीहरूले अब अन्तिम चरणको ट्रायल्समा हिस्सा लिनेछन्। आजको ट्रायल्समा सहयोगको हात बढ़ाउने सालुगढ़ा नेत्रबिन्दु संघ प्रति सिलगढ़ी युनाइटेड एफसी-को पक्षमा अनिमेश लामाले कृतज्ञता व्यक्त गरेका छन्। अब ११ मार्चमा मिरिकको आहाले मैदान, १२ मार्चमा दार्जीलिङको निम्ति रंगबुल मैदान, १३ मार्चमा खरसाङको निम्ति मण्टिभियट मैदान, १४ मार्चमा कालेबुङको मेला ग्राउण्ड र १५ मार्चमा डुवर्सको निम्ति गोरुबथानमा ट्रायल्सको आयोजन गरिनेछ। यसमा १६ देखि २६ वर्षसम्मका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्।

शुरुवाती चरणमा चयन गरिएका खेलाड़ीहरूका निम्ति १६ र १७ मार्चमा अन्तिम ट्रायल्स सिलगढ़ीमा हुनेछ। हरेक स्थानमा ट्रायल्स बिहान ८ बजीदेखि शुरु हुनेछ। खेलाड़ीहरूले आफ्नो आधार कार्ड अनिवार्य रूपले ल्याउनु पर्नेछ। पञ्जीकरण शुल्क २०० रुपियाँ तोकिएको छ। अधिक जानकारीको निम्ति सम्पर्क नम्बरः ७९०८४१०२०८

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement