प्राणनाथ परर्माथ सेवा फाउन्डेसनको उद्घाटन

सिलगढी: श्रीकृष्ण प्रणामी गीता मन्दिर  रेसेप मङपुमा मन्दिरको वार्षिक उत्सवको उपलक्ष्यमा कालेबुङ मङ्गलधामका गुरुजी  १०८ मोहनपी आचर्यको करकमलबाट  विपन्न क्यन्सर पीडित  सह्योगार्थ निम्ति निर्मित प्राणनाथ परमार्थ फाउन्डेसन विधिवत उद्घाटन  गरियो। संस्थाले रेसेप निवासी विपन्न परिवारका सदस्य क्यान्सर पीडित बिरामी  रामबहादुर प्रधानलाई आज १० हजार  रुपियाँ गुरुजीको बाहुलीबाट प्रदान गरियो। अनिल छेत्रीले संचालन गरेको कार्यक्रममा अतिथिहरुले संस्था सम्बन्धमा वक्तव्य प्रस्तुत गरे।प्राणनाथ परर्माथ  सेवा फाउन्डेसनका प्रमुख सरक्षक गुरुजी १०८ मोहनपी आचार्य, गुरुजी १०८ सदानन्दजी महाराज, सल्लाहकार चन्द्रकला राई, भुपाल थापा, अरुप च्याटर्जी, सभापति एचडी मोक्तान, उपसभापति दुई एनबी गुरुङ मन्जित थापा, सचिव हरिलाल छेत्री अनि सहसचिव सुरेश सुब्बा अनि कोषाध्यक्ष अनुप गुरुङ अनि अन्यलाई कार्यकारिणी सद्स्य चयन  गरियो।

यसरी ९ मार्चको दिन  श्रीकृष्ण प्रणामी गीता मन्दिर, रेसेपमा मन्दिरको वार्षिक महोत्सव होली पर्व पालन गरियो। मन्दिर स्थापना भएको लगभग ५५-५६ वर्ष पश्चात मङ्गलधाम धर्म सभाले प्रस्ताव ग्रहण गरी वार्षिक पर्व मनाउने स्वीकृति प्रदान गरिए बापत मन्दिरमा यसपाली धूमधामसँग हर्षोल्लासका साथ होली पर्व पालन गरियो। गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महराजको आशीर्वादको कारणले यो महत धार्मिक अनुष्ठान आयोजन गर्ने सौभाग्य  प्राप्त भएको बताइएको छl श्रीकृष्ण प्रणामी गीता मन्दिर, रेसेपले प्राप्त गरेको यस सुखद अवसरलाई गुरुकृपा अनि राजजी कृपाको कारण  मन्दिरले ठूलो उपलब्धि हासिल गरेको जानकारी दिइएको छl हरेक वर्ष होली पर्व  वार्षिक उत्सवको रूपमा भव्यताका साथ पालन गरिने सूचना मन्दिर सञ्चालन समितिका सचिव अनिल छेत्रीलेले बताएका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement