खाली घरको कपाट फोडेर २ लाख नगद र ७ लाख बराबरको सुनका गरगहना चोरी

9aa1a9c9-cff3-41aa-bf55-64fcf067daf5

अलिपुरद्वार: कालचिनी ब्लकको हाँसीमारा क्षेत्रमा बिहान चोरीको ठूलो घटनाले सनसनी मच्चाएको छ। हाँसीमारा क्षेत्रमा शुक्रबार बिहान चोरले व्यापारी राजेशकुमार साँको कपाट तोडेर रु दुई लाख नगद र लगभग रु सात लाख बराबरको सुनका गरगहना चोरेका छन्। राजेशकुमार सा र उनका परिवारका सदस्य बिहीबार घरमा नभएपछि बीच चिया बगानमा रहेको आफन्तको घर गएका थिए। सो क्रममा चोरहरूले घरको ढोकाको ताला तोडेर भित्र पसेर कपाटको ताला तोडेर सबै सामान चोरेका थिए। शुक्रबार बिहान ढोका खुलेको देखेपछि छिमेकीले राजेशकुमारलाई फोन गरेपछि घर आएर चोरी भएको थाहा पाए। राजेश कुमारले हाँसीमारा प्रहरी चौकीमा जानकारी गराएको बताए। हाँसीमारा क्षेत्रमा पटक–पटक चोरीका घटना बढेपछि स्थानीयवासी त्रसित छन्। यस सम्बन्धमा स्थानीय पञ्चायत सदस्य रमेश प्रसादले दिनहुँ चोरी हुने गरेको बताए। पछिल्लो समय हाँसीमारा क्षेत्रमा धेरै चोरीका घटना भएका छन् र यो घटनाले सबै डराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement