बीएनपी परिबास ओपनः मार्टिन एचवेरीलाई पराजित गरी दोस्रो राउण्डमा पुगे एण्डी मर्रे

CollageMaker_20233101615368.jpg

१० मार्चः तीनपल्टका ग्राण्ड स्ल्याम विजेता ब्रिटेनका एण्डी मर्रेले एक सेटले पछाड़िए पनि असाधारण पुनरागमन गर्दै टोमस मार्टिन एचवेरीलाई पराजित गरी बीएनपी परिबास ओपन टेनिस टुर्नामेण्टको दोस्रो राउण्डमा स्थान बनाए। मर्रेले तीन घण्टाभन्दा अधिक समयसम्म चलेको म्याचमा एचवेरीलाई ६-७, ६-१, ६-४-ले पराजित गरे। मर्रेले वर्तमान सत्रमा निर्णायक तेस्रो या पाँचौं सेटसम्म चलेको कुनै म्याच पनि हारेका छैनन्। मर्रे झैं तीनपल्ट ग्राण्ड स्ल्याम खिताब विजेता स्विट्जरल्याण्डका स्टानिस्लास वावरिंकाले पनि क्यालिफोर्नियामा हार्ड कोर्ट प्रतियोगितामा फर्किदै तीन सेटको म्याचमा क्वालीफायर एलेक्सान्द्र वुकिचलाई ६-४ १-६, ६-१-ले पराजित गरे। दोस्रो राउण्डमा वावरिंकाको भिड़न्त २६औं वरीयता प्राप्त मियोमिर केसमानोविचसँग हुनेछ। यसबीच बेन शेल्टनले फाबियो फोगनिनीलाई सीधा सेटमा ६-४, ६-१-ले पराजित गरे। महिला एकल वर्गमा २०२१-की अमेरिकी ओपन च्याम्पियन ब्रिटेनकी एम्मा राडुकानूले डेंका कोविनिचलाई ६-२, ६-३-ले पराजित गरिन्। यसरी नै गत वर्ष अष्ट्रेलियन ओपनमा उपविजेता रहने डेनियली कोलिन्सलाई ८०औं नम्बरकी खेलाड़ी डेलमा गाल्फीले ६-४, ६-४-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement