पर्चा पट्टा गोर्खा जातिको लागि ठूलो षड़यन्त्र हो: पेम्बा रिम्पोर्छे

IMG-20230310-WA0131.jpg

खरसाङ: पर्चा पट्टा गोर्खा जातिको लागि ठूलो षड़यन्त्र हो भनी हिमालयन बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै पर्जा पट्टामा यत्रो ठूलो षड़यन्त्र छ कि यसलाई समयमै चिन्तन मनन गर्नुपर्छ नत्र भावी सन्तानले हामीलाई सराप्छ भनी बताएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अघि भने, यो पर्जा पट्टा हामीलाई शरणार्थी बनाउने षड़यन्त्र हो तर हामीसित भोटर कार्ड छ। आधार कार्ड छ। हामी भारतीय नागरिक हौं तर शरणार्थी होइनौं। वास्तवमा हामीलाई पर्जा पट्टा चाहिन्दैन। चियाबारी बगान क्षेत्रमा बस्ने मानिसहरू हौं हामी। चियाबारीमा जहाँसम्म चियाबारी छ त्यत्ति मात्र कम्पनीको हो। तर चियाबारीदेखि एक फुट उताको जमीन सबै हाम्रो हो। यो हाम्रो पिता पुर्खाले कमाएको जमीन हो।’
पेम्बा रिम्पोर्छेले अघि भने, हामी शरणार्थी होइनौं कारण भारत स्वाधीनता गराउनलाई हाम्रो गोर्खाहरूको पनि महत्वपूर्ण भूमिका रहने शहीद दुर्गा मल्ल, सुकदेव थापा मंगर, राष्ट्रीय गीतको संगीत भर्ने कप्तान रामसिंह ठकुरी, भारतीय संविधानमा हस्ताक्षर गर्ने अरिबहादुर गुरुङको सन्तान हौं हामी। तब कसरी हामी शरणार्थी भयौं र किन शरणार्थीहरूलाई दिइने पर्जा पट्टा वितरण भईरहेको छ?’
धर्म गुरु पेम्बा रिम्पोर्छेले चियाबारी बगान क्षेत्रको मानिसहरूलाई यो पर्जा पट्टा नथाप्ने आह्वान् गर्दै यो पर्जा पट्टा आफ्नो नामबाट छोराको नाममा पनि सर्दैन भनी बताएका छन्। उनले पर्जा पट्टा थापेपछि हाम्रो केवल ५ कि ८ डेसिमल जमीन मात्र हाम्रो हुन्छ तर अरु जमीन सरकारको हुन्छ भनी बताएका छन्। उनले रिलिफ फण्ड विषयमा बोल्दै भने, ‘कोरोनाकालको समय श्रमिकहरूका हितको लागि संग्रह गरिएको रिलिफ फण्ड श्रमिकहरूलाई नै वितरण गरिनुपर्छ। बरू सिलगढीमा श्रमिक भवन म आफ्नो खर्चले बनाईदिन्छु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *