शुरु भयो दैलोमा सरकार शिविर,  ३१ जुलाईसम्म चल्ने

Dware-Sarkar

कोलकाता: राज्य सरकारले फेरि एक पटक राज्यका जनतालाई सरकारी सेवा पहुँचयोग्य बनाउन दैलोमा सरकार शिविर शुरु गरेको छ। यो शिविर ३१ जुलाईसम्म चल्नेछ। यसअन्तर्गत राज्यका बासिन्दाहरूले विभिन्न सरकारी योजनाहरूको फाइदा लिन यहाँ आवेदन दिन सक्नेछन्। नयाँ स्रोतलाई मान्ने हो भने सरकारी योजना जनतासम्म कम पुगेका जिल्लाका शिविरमा बढी ध्यान केन्द्रित हुनेछ। सरकारको लक्ष्य आदिवासी र पिछडिएका वर्गका जनतामाझ योजनाको फाइदा पुर्याउने  हो। यसअन्तर्गत हालसम्म पूरै राज्यमा ५ करोड ३५ लाखभन्दा बढी राज्यवासीलाई सरकारी सेवा प्रदान गरिएको छ। यसपटक जङ्गलमहल, सुन्दरवन, तराई–डुवर क्षेत्रमा शिविर स्थापनामा जोड दिइनेछ। यसका लागि सरकारले हप्ताको चार दिन विशेष शिविर सञ्चालन गर्ने भएको छ। यस शिविर मार्फत सरकारका १४ वटा सेवा जनतालाई उपलब्ध गराइनेछ। म्युटेशनमा बढी ध्यान दिने भएको छ।

About Author

Advertisement