सिलगढी: फणसीदेवा ब्लकको कमला चिया बगानबाट चितुवाको शव फेला परेको छ। यो घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। चितुवाको शव पहिले स्थानीयले देखेको बताइएको छ। यो देखेपछि स्थानीयले तत्काल वन विभागलाई खबर गरेका थिए। खबर पाएलगत्तै घोषपुकुर रेन्जका वन कर्मचारी घटनास्थल पुगेका थिए। त्यसपछि वनकर्मीले चितुवाको शव फेला पारेका थिए। वन विभागका अनुसार चितुवाको उमेर चारदेखि पाँच वर्ष रहेको छ। मृत्युको कारण पोष्टमार्टमपछि मात्र थाहा हुनेछ ।शव पोष्टमार्टमका लागि बंगाल सफारी पठाइएको छ।