सीएपीको नामथाङ-रातेपानीमा प्रथम समन्वय बैठक सम्पन्न

Screenshot_20230309_230119_Samsung-Internet.jpg

गान्तोक: सिजिटन एक्सन पार्टी (सीएपी) ले नामथाङ – रातेपानी निर्वाचन क्षेत्रको निम्ति आज नागीमा प्रथम समन्वय बैठक आयोजन गयो। पार्टी उपाध्यक्ष ओङ्गदेन छिरिङ लेप्चाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टीका नेतृत्वहरूको उपस्थिति रहेको थियो।
बैठकमा पार्टी कार्यकर्ताहरूले निर्वाचन क्षेत्रको निम्ति कार्यकारी परिषद र फ्रण्टल काउन्सिलका विभिन्न पदहरूको निम्ति नामाङ्कन बुझाउ। यसको परिणाम चाँडै घोषणा गरिने जानकारी नाम्ची जिल्लाको प्रचार प्रसार परिषद अध्यक्ष जीवन लिम्बूले प्रेस विज्ञप्तिमा दिएका छन्। बैठकमा पार्टीलाई सुदृढ बनाउन र २०२४ मा सरकार गठन गर्न समर्पित बनेर काम गर्ने निर्णय लिइयो। उपाध्यक्ष लेप्चाले आफ्नो सम्बोधनमा सदस्यहरूलाई सफलतापूर्वक नामाङ्कनको निम्ति बधाई दिए। उनले पार्टीका कार्यक्रम, नीति र भिजनलाई जनतासम्म पुऱ्याउन हर सम्भव सहयोगको आश्वासन दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *