केन्द्रीय मन्त्री अर्जुन मुण्डाद्वारा उत्तर सिक्किमको भ्रमण

IMG-20230309-WA0303.jpg

गान्तोक: सिक्किम भ्रमणमा आएका केन्द्रीय जनजाति मामिला मन्त्री अर्जुन मुण्डाले हिजो उत्तर जिल्लाको भ्रमण गरे। केन्द्रीय मन्त्री मुण्डालाई मन्त्री साम्दुप लेप्चा लगायत अन्यहरूले भव्यरूपमा स्वागत जनाए। उत्तर जिल्ला पुगेका केन्द्रीय मन्त्री मुण्डाले आफूलाई यसरी स्वागत जनाएकोमा धन्यवाद दिँदै होली पर्व र अन्तराष्ट्रयी महिला दिवसको शुभकामना दिए। उनले भाइब्रेन्ट भिलेज कार्यक्रमको लाभ देशका कुना–कुनाका प्रत्येक नागरिकसम्म पुग्नुपर्ने विषयमा जोर दिए। राज्यपालले भाइब्रेन्ट भिलेज कार्यक्रम योजना मार्फत २०४७ सम्ममा भारतका सबै गाउँको विकास प्रगति सुनिश्चित गर्ने भारत सरकारको संकल्पलाई पनि प्रकाश पारे। राष्ट्रको डिजिटल विकाससँगै परम्परागतलाई सुदृढ गर्नका लागि विकास प्रक्रियासँग जनता जोडिएर अपडेट भइरहनुपर्ने राज्यपालले आग्रह गरे।

.यसरी नै मन्त्री साम्दुप लेप्चाले आफ्नो सम्बोधनमा केन्द्रीय मन्त्रीलाई उत्तर जिल्लाको भ्रमण गरेकोमा कृतज्ञता व्यक्त गरे। उनले निर्वाचन क्षेत्रको विकास र जीविकोपार्जनको प्रमुख श्रोतको रुपमा बीएडीपी योजनाको महत्वबारे प्रकाश पारे। उनले राज्य सरकारको विभिन्न योजनाहरुको बारेमा पनि जानकारी गराए। चुङथाङ जीपीयूमा ध्यान केन्द्र र ५० वटा पलङयुक्त प्राथमिक स्वास्थ्य केन्द्रको आवश्यकता रहेको जानकारी गराए।लाचेन र लाचुङमा चुलुङ–तु–सुम मूर्ति निर्माणमा केन्द्र सरकारको सहयोगको अपेक्षा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *