गान्तोक: सिजिटन एक्सन पार्टी (सीएपी) का प्रवक्ता जोएल गुरूङले एउटा भिडियो जारी गरेर जोइन्ट एक्सन काउन्सिलले आफ्नो मुद्दामा ध्यान दिउन् भनी दिएको बयानलाई सीएपीले गुरुङको व्यक्तिगत बयान बताएको छ। प्रवक्ता गुरूङको बयान पार्टीको आधिकारिक बयान नरहेको सीएपी प्रचार प्रसार महासचिव एचएम राईले प्रेस विज्ञप्तिमा स्पष्ट गरेका छन्।विज्ञप्तिमा भनिएको छ, पार्टी प्रवक्ता जोएल गुरूङले सिक्किम र सिक्किमको पक्षमा काम गरिरहेको जोइन्ट एक्सन काउन्सिललाई आफ्नो मुद्दामा ध्यान देउ’ भन्दै आफ्नो भिडियो जारी गरेका छन्। यो उनको निजी बयान हो, पार्टीको आधिकारिक बयान होइन्। उनले यस्तो भिडियो जारी गर्नुभन्दा अगाडि पार्टीसँग सोधपुछ गरेका थिएनन्। गुरूङको उक्त बयानलाई सीएपीले आधिकारिक बयान मान्दैन भनी स्पष्ट गरिएको छ।