थमस ए संगमा मेघालय विधानसभाका निर्विरोध अध्यक्ष चयनित

Meghalaya-Legislative-Assembly-scaled.jpg

शिलंग: उत्तर तुराबाट सत्तारूढ़ नेशनल पीपुल्स पार्टी (एनपीपी) का विधायक थमस ए संगमालाई निर्विरोध मेघालय विधानसभाको अध्यक्ष चयन गरिएको छ। विधानसभाको विशेष सत्रमा बिहीवार उनलाई नयाँ अध्यक्ष चयन गरियो। थमस ए संगमाको नाम सबैभन्दा पहिला एनपीपी विधायक एम्पारिन लिंगहोह अनि मार्थन संगमाले स्पीकरको रूपमा प्रस्तावित गरेका थिए ।यस प्रस्तावलाई यूडीपी विधायकद्वय पल लिंगदोह र मेरालबर्न सिएमले समर्थन जनाए।
मेघालय विधानसभा आयुक्त सचिव एवं विधानसभा मजिस्ट्रेट एन्ड्रयूज साइमनले भने, थमस ए संगमालाई औपचारिक रूपमा नयाँ अध्यक्ष घोषित गरियो। अध्यक्ष पदको लागि चुनाउ मैदानमा अन्य उम्मेद्वारहरू थिएनन्। पूर्व गठबन्धन एमडीए-१.० सरकारमा थमस ए संगमा मुख्यमन्त्री कराड के संगमाका सल्लाहकार थिए ।कनराडले बताए, गत ७ मार्चको दिन मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि धमसलाई सर्वसम्मतिले मेघालय विधानसभाको अध्यक्ष पदको लागि नामांकित गरिएको थियो। थमस संगमाले त्यसै दिन दिउँसो एनपीपीका अन्य विधायकहरूसित मेघालय विधानसभा आयुक्त सचिव एन्ड्रयूज साइमन समक्ष शिलंग विधानसभा सचिवालयमा आफ्नो नामांकन पत्र दर्ता गराएका थिए।
अध्यक्ष चयनित भएपछि थमस संगमाले एनपीपी नेतृत्वाचिन एमडीए २.० सरकारसितै मुख्यमन्त्री कनराड के संगमा अनि विधानसभाका सबै सदस्यहरूप्रति आफूमाथि विश्वास र भरोसा गरेकोमा धन्यवाद व्यक्त गरे। उनले भने,पछिल्लो एमडीए-०१ सरकारले उनलाई मानिसहरूसित मिलेर काम गर्ने धेरैवटा अवसर दिएको थियो। उनले विधानसभाका सबै विधायकहरूलाई संविधान कायम राख्ने तथा अध्यक्षको रूपमा सदनको गरिमा कायम राख्नमा उनलाई सहयोग गर्ने आह्वान पनि गरे। स्मरण गराइन्छ कि ६० सदस्यीय मेघालय विधानसभा चुनाउमा ५९ निर्वाचन क्षेत्रमा मतदान भएको थियो जसमा नेशनल पीपुल्स पार्टी (एनपीपी) २६, भाजपा २ रीजनल पार्टी हिल स्टेट पीपुल्स डेमोक्रेटिक पार्टी (एचएसपीडीपी) २, निर्दलीय २, रीजनल पार्टी पीपुल्स डेमोक्रेटिक फ्रण्ट (पीडीएफ) २ रीजनल पार्टी यूनाइटेड डेमोक्रेटिक पार्टी (यूडीपी) ११, भोयस अफ् द पीपल पार्टी (भीपीपी) ४, कंग्रेस ५ र तृणमूल कंग्रेसले ५ सीटमा जीत हासिल गरेको थियो भने उम्मेद्वार एचडीआर लिंगडोको निधन भएको कारण एउटा सीटमा मतदान स्थगित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement