सिलगढ़ी: फूलबाड़ी-१ नम्बर अंचलको प्रधान नमिता करातीमाथि हमला भएको छ ।यस आरोपमा एक आरोपितलाई एनजेपी थाना पुलिसले बुधवार राति पक्राउ गरेको छ। पक्रा परेको आरोपितको नाम विक्रम दास बताइएको छ।
प्रधान नमिता करातीले बताइन्, बुधवार साँझ फूलबाड़ी-१ नम्बर अंचलको उदयनगरमा केही युवकहरूको साथ शान्तिपाड़ाका युवकहरूको झड़प भएको थियो। जब उनी घटनास्थलमा पुगेर स्थितिलाई सम्हाल्ने प्रयास गरिरहेकी थिइन् तर शान्तिपाड़ाका युवकहरूले उनकोसाथ मारपीट शुरू गरे। जसले गर्दा उनी सड़कमा लड़िन्। यसपछि उनले ९ युवक विरूद्ध हिजो राति आफूसित मारपीट गरेको शिकायत थानामा दर्ता गराइन्। शिकायतको आधारम एनजेपी थाना पुलिसले कारबाही गर्दै विक्रम दास नाम गरेको एक युवकलाई पक्राउ गरेको छ। पुलिसले बाकी युवकलाई खोज्ने काम शुरू गरेको छ।