कोलकाता: पूर्व रेलवेको सियालदह मण्डलमा भोली शुक्रवारदेखि लगातार छ दिनसम्म सियालदह मेन ब्राञ्चमा कूल ३१६ ट्रेन रद्द रहनेछ। यसको असर हजारौं यात्रीहरूमाथि पर्नेछ। खासगरी नेहट्टीदेखि लालगोलासम्मका यात्रीहरूलाई धेरै समस्याको सामना गर्नपर्नेछ। पूर्व रेलवेका सूत्रहरू अनुसार, नैहट्टी र कल्याणीबीच अटोमेटिक तेस्रो लाइन शुरू गर्नका लागि केही जरूरी काम गरिनेछ। यसको निम्ति भोलीदेखि नैहट्टी र राणाघाटबीच ट्रेन सेवाहरू बाधित रहनेछ। यसैले गर्दा शुक्रवार अप र डाउन कूल ४६ ट्रेनलाई रद्द गरिएको छ। सूत्रहरू अनुसार, लामो दूरीको चार ट्रेनहरू पनि चल्नेछैन। त्यसपछि शनिवारदेखि बुधवारसम्म अप र डाउन मिलाएर ५४ ट्रेन रद्द गरिएको छ। यी छह दिनमा जम्मा ३१६ ट्रेन रद्द गरिएको छ। रद्द गरिएका ट्रेनहरूमा सियालदहदेखि नैहट्टी लोकल, कल्याणी बर्डर लोकल, कृष्णानगर लोकल, शान्तिपुर लोकल, राणाघाट लोकल, बर्दवान लोकल, बन्डेल लोकल र कटवा लोकल सामेल छन्।
लामो दूरीका धेरै ट्रेनहरू पनि रद्द गरिएको छ त्यस सूचीमा सियालदह आसनसोल इन्टरसिटी एक्सप्रेस, सियालदह जंगीपुर रोड मेमू, सियालदह रामपुरहाट एक्सप्रेस, सियालदह लालगोला पेसेन्जर सामेल छन्। यी छह दिनसम्म सियालदहदेखि बनगाउँ-राणाघाट हुँदै धेरै ट्रेनहरू चलाइनेछ औं त्यही रूटबाट ट्रेनहरूलाई सियालदह पठाइनेछ।