मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम फर्किए

IMG-20230309-WA0306.jpg

गान्तोक: मेघालय अनि त्रिपुराका मुख्यमन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी बनेपछि आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गृह राज्य फर्किएका छन्। उनलाई फर्किने क्रममा बाघडुग्रा विमानस्थलमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत लगायत प्रोटोकल अधिकारीहरूले स्वागत जनाए।

जानकारी गराइन्छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले 7 मार्चको दिन मेघालयमा मुख्यमन्त्री कोर्नाड के. साङमाको शपथ ग्रहणमा भाग लिए भने 8 मार्चको दिन त्रिपुराका मुख्यमन्त्री डा. मानिक शाहको शपथ ग्रहण समारोहमा भाग लिए। यी दुवै कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको गरिमामय उपस्थिति रहेको थियो भने गृह मन्त्री अमित शाह लगायत पूर्वोत्तर राज्यहरूका मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *