आमा योजना अन्तर्गत दरामदिनमा ५ सय आमाहरूलाई चेक प्रदान

CollageMaker_20233922512655.jpg

गान्तोक: दरामदिन खण्ड प्रशासनिक कार्यलयको प्रागणमा “आमा योजना” अन्तर्गत २०-२० हजार चेक वितरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थिति थिए। उनको साथमा खण्ड विकास अधिकारी ओङदी शेर्पा, विभिन्न विभागका पदाधिकारीगण, विभिन्न ब्लकका पञ्चायत अध्यक्ष लगायत सदस्यगण जिल्ला पञ्चायत सदस्यगण, सत्तारूढ पार्टीका पदाधिकारीगण अनि पार्टी कर्याकर्ताहरुको उपस्थिति थिए।

स्मरण रहोस्, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सरकारले शुरू गरेको सिक्किम आमा सशक्तिकरण योजना 3 मार्च पाकिम जिल्लाको रम्फू खेल मैदानबाट मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा विधिवत् रूपमा शुभारम्भ गरेको थिए। हिजो दरमदिन समष्टिका लगभग ५ सय जना आमाहरुलाई २० हजार प्रतिव्यक्तिको दरले कार्यक्रमको प्रमुख अतिथि मन्त्री एमएन शेर्पाको बाहुलीबाट चेक वितरण गरियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री शेर्पाले सिक्किम आमा सशक्तिकरण योजनाले आर्थिक बोझ कम गर्न र आफ्नो छोरा-छोरीलाई पालनपोषण गर्न यो रकमका माध्यमबाट आमाहरूको आँशु पुच्छने काम गर्नको साथै गरीबी रेखा मुनि रहेका आमाहरूले आफ्ना छोरा-छोरीको शिक्षामा यस धनराशीले सहयोग पुग्ने मन्त्री शेर्पाले बताए। राज्यका मुख्यमन्त्रीको आमा योजना शुरु गर्नुमा ठूलो भुमिका रहेको साथै उनको दुरदर्शिता सोचको कारण नै सम्भव भएको बताउँदै यो योजनाले सिक्किमका सम्पूर्ण आमाहरु साथै नारी जातिको सम्मान भएको मन्तव्य राख्दै दरामदिन समष्टिका सम्पूर्ण जनता साथै मन्त्रीको तर्फबाट मुख्यमन्त्रीप्रति आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *