नेपाल: रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

00-1-Ramchandra-Paudel-1

काठमाडौं: नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याएका छन्। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ। उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार)ले मतदान गर्नुभएको थियो भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिनुभएको थियो।

चुनाव प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो। राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो। मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहनुभएको छ। त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन्। त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी हुनुभएन। प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी हुनुभएन। त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादवपनि अनुस्थित थिएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement