मामरिङ चिया बगान विषय बैठक सम्पन्न

00-1-IMG-20230309-WA0206

दार्जीलिङ: श्रमिकहरूलाई लथालिङ बनाएर जाने बगान मालिकलाई मामरिङ चिया बगानको श्रमिकहरूले स्वीकार नगर्ने भएको छ। मामरिङ चिया बगानमा कार्यरत श्रमिकहरूले गत ६ महिनादेखि गरेको कामको दाम पाएका छैनन्, त्यसरी नै स्टाफ सब-स्टाफहरूले गत ९ महिनादेखि वेतनहरू पाएका थिएनन्। गत तीन दिन अघि बगानका प्रबन्धकहरूले कसैलाई खबर नदिई बगान छोडेर गएपछि आज पश्चिम बङ्गाल सरकारको अतिरिक्त श्रमायुक्तले बैठक बोलाएको थियो।

बैठकमा पहाडको प्रायः जसो श्रमिक संगठनहरूले अंश ग्रहण गरे पनि मालिक पक्षबाट कुनै पदाधिकारीहरूको उपस्थिति नरहेको हिल जोइण्ट फोरमले बताएको छ। एक घण्टा भन्दा लामो बैठकपछि हिल जोइण्ट फोरमले पत्रकारहरूलाई सम्बोधन गर्दै मामरिङ चिया बगानमा १६ सय जति श्रमिकहरू कार्यरत रहेको जनाएl चिया श्रमिकहरूले गत ६ महिनादेखि गरेको कामको दाम पाएको थिएन, त्यसरी नै स्टाफ सब-स्टाफ हरूले पनि गत ९ महिनादेखि वेतन पाएका थिएन भनि फोरमले बताएको छ। फोरमले बताएअनुसार यसैबीच गत तीन दिन अघि बगानको प्रबन्धकहरूले कसैलाई केही नभनी बगान छोडेर गएका छन्। आजको बैठकमा मामरिङ चिया बगानका श्रमिकहरूको अवस्था अति नै सोचनीय अवस्थामा रहेको हुनाले सरकारले अविलम्ब पहल गरेर फौलाई जारी गर्नुपर्ने माग फोरमले गरेको छ। त्यसरी नै प्रबन्धकहरूले बगान छोडेर गएपछि कार्यलयमा रहेको दस्तावेजहरूको सुरक्षाको निम्ति सरकारले कदम उठाउनु पर्ने फोरमको भनाइ छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement