सिलगढी: गोरामुमो टोलीले आज केन्द्रीय जनजाति मन्त्री अर्जुन मुण्डालाई बागडोग्रा हवाईअड्डा अतिथि कक्षमा भेटघाट गरे। भाजपाका विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाको नेतृत्वमा केन्द्रीय समिति सेक्रेटरी जनरल ऋषि थापा , केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई अनि दार्जीलिङ ब्राञ्च कमिटीका महासचिव सन्दिप लिम्बु अनि गोरामुमो मिडिया सेल प्रभारी दिनेश साम्पाङ राईको टोलीले केन्द्रीय जनजाति मन्त्रीलाई छुट्टिएको जातहरुको विषयमा बताएको दिनेश साम्पाङले जानकरी दिएका छन्।

भेटघाट पछि निरज जिम्बाले भने, ‘केन्द्रीय मन्त्री अर्जुन मुण्डा आफ्नो तीन दिनको सिक्किम भ्रमणको क्रममा आज दिल्ली फर्किने क्रममा सांसद राजु बिष्टद्वारा जानकारी प्राप्त भएपछि गोरामुमो टोलीले भेटघाट गर्दै छुट्टिएको गोर्खा जात-उपजातहरुले चाडैं जनजातिको दर्जा प्राप्त गरुन् भनी ज्ञापनपत्र बुझाएका छौंl’