उत्तर दिनाजपुर: श्रीकृष्णपुर राष्ट्रिय राजमार्ग ३१ माटिकुण्डमा बम विष्फोटमा घाइते भएका एक नागरिक भोलेन्टियरको मृत्यु भएपछि आक्रोशित मानिसहरूले बिहीबार राष्ट्रिय राजमार्ग अवरुद्ध गरे। दोषीलाई पक्राउ गर्न माग गर्दै सडकमा आगो लगाएर विरोध प्रदर्शन गरे। तृणमूल कार्यकर्ताहरूले बिहीबार इस्लामपुर पुलिस थाना अगाडि तृणमूलको झण्डा बोकेर मुख्य अभियुक्तसहित दोषीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरे।
इस्लामपुर थाना क्षेत्रको माटिकुण्ड–१ ग्राम पञ्चायतको दक्षिण माटिकुण्ड क्षेत्रमा घरभित्र पसेर बम प्रहार गरेको घटनाले बुधबार राति राजनैतिक विवाद चर्किएको छ। विवादका कारण उक्त क्षेत्रमा गोली हानाहान र बम विष्फोट भएको थियो। बम विष्फोट हुँदा ३० वर्षीय सिविक भोलेन्टियर साकिब अख्तर गम्भीर घाइते भएका थिए। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उल्लेखनीय छ, बुधबार अबेर राति बदमाशहरूले घरमा प्रवेश गरी बम प्रहार गरी सिविक भोलेन्टियर साकिब अख्तरको हत्या गरेको आरोप छ। यो घटना इस्लामपुर थानाको दक्षिण माटिकुण्डको हो। इस्लामपुर ब्लकको माटिकुण्ड-१ ग्राम पञ्चायतका प्रधान विरुद्ध उजुरी गरेको हो। स्थानीय स्रोतका अनुसार तृणमूलको गुटबन्दीका कारण घटना भएको हो। मृतकका भाइ इस्लामपुर तृणमूल विधायक अब्दुल करीम चौधरीको समूहको रहेको बताइएको छ भने आरोपित प्रधान तृणमूल जिल्ला अध्यक्ष तथा इस्लामपुर नगरपालिकाका अध्यक्ष कन्हैयालाल अग्रवालको समूहको रहेको बताइएको छ।