कोलकाता: पश्चिम बंगालमा नानीहरूको मृत्युको पर्याय बनिसकेको एडिनो भाइरस संक्रमणको वास्तविक स्थितिलाई लिएर भाजपाले राज्य विधानसभामा सरकारबाट बयानको माग गरेका छन्। नेता प्रतिपक्ष र वरिष्ठ विधायक शुभेन्दु अधिकारीले यसलाई लिएर सम्बोधन गर्दै अध्यक्ष विमान ब्यानर्जीसित राज्य सरकारले राज्यमा एडिनो भाइरस संक्रमणलाई लिएर जानकारी दिने अनुरोध गरे राज्यभरिमा भयको माहोल छ। यसको जवाफमा राज्यका स्वास्थ्य राज्य मन्त्री चनि रमा भट्टाचार्यले भनिन्, मुख्यमन्त्री ममता ब्यानर्जीले स्वयं यस मामिलामा बयान दिएकी छन्। त्यस दिन नेता प्रतिपक्ष सदनमा उपस्थित थिएनन्। यसपछि भाजपा विधायकहरूले सदनमा हंगामा र नारा लगाउनु शुरू गरे। उनीहरूले राज्य सरकार विरुद्ध नारा लगाईरहेका थिए। भाजपा विधायकहरूको भनाई थियो, ममता ब्यानर्जीले वास्तविक आंकड़ा बताईरहेकी छैनन्। उनले केवल बयान दिइरहेकी छन् तर महामारीको संक्रमण र मृत्यु रोक्नका लागि केही गरिएको छैन। लगातार नानीहरू मरिरहेका छन्। यसपछि विधानसभा अध्यक्ष विमान ब्यानर्जीले सदनको कारबाही स्थगित गर्ने घोषणा गरे। यसपछि बाहिर निस्केर भाजपा विधायकहरूले नारा लगाउनु र विरोध प्रदर्शन गरे।पछि शुभेन्दु अधिकारीले मीडियालाई भने लगातार नानीहरू मरिरहेका छन्, यो भयानक हो। सरकारको यसबारे कुनै समवेदना छैन। यहाँसम्म कि मन्त्रीको बयान पनि संवेदनशील छैन। मुख्यमन्त्री केवल राजनीति गर्नमा जुटेकी छन् तर नानीहरूको मृत्युले हराएका राज्यवासीहरूको चाँसो लिने कोही छैन।