९ मार्चः ओपनर उस्मान ख्वाजाको अविजित शतकीय ईनिंग्सको सहायताले भारत विरुद्ध बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत चौथो टेस्ट म्याचको पहिलो दिन अष्ट्रेलियाले आफ्नो स्थिति मजबूत बनायो। अष्ट्रेलियाले चौथो टेस्ट म्याचको पहिलो दिन आफ्नो पहिलो ईनिंग्समा ४ विकेट गुमाएर २५५ रन बनायो। दिनको खेल समाप्त हुँदा उस्मान ख्वाजा १०४ रन र अलराउण्डर क्यामरन ग्रीन ४९ रन बनाएर खेलिरहेका थिए। टेस्ट क्रिकेटमा आफ्नो १४औं शतक बनाउने ख्वाजाले २५१ बल खेलेर १५ वटा चौका लगाइसकेका छन्। यसरी नै ग्रीनले ६४ बल खेलेर ८ वटा चौका लगाएका छन्। यी दुईबीच पाँचौं विकेटको निम्ति १९.२ ओभरमा ८५ रनको अटूट साझेदारी भइसकेको छ। अहमदाबादमा आज बिहान टस जितेर अष्ट्रेलियाका कार्यवाहक कप्तान स्टीव स्मिथले पहिला ब्याटिंग गर्ने फसेला गरे। ख्वाजाले ट्रेविस हेड (३२)-सँग पहिलो विकेटको निम्ति ६१ रनको पार्टनरशीप गरी अष्ट्रेलियालाई असल शुरुवात दिलाए।

त्यसपछि अष्ट्रेलियाले बीचमा हेड, मार्नस लाबुशेन (३) र पीटर हेण्ड्सकम्ब (१७)-लाई लगातार अन्तरालमा गुमाए पनि ख्वाजाले एउटा प्रान्तलाई सुरक्षित राखेर अष्ट्रेलियाको निम्ति लड़ाइँ जारी राखे। ख्वाजाले कप्तान स्मिथसँग मिलेर तेस्रो विकेटको निम्ति ७९ रनको पार्टनरशीप गरे। भारतीय बलरहरूमा पेसर मोहम्मद शमीले सर्वाधिक २ विकेट लिए। उनले लाबुशेन र हेण्ड्सकम्बलाई बोल्ड गरे। यसबाहेक रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले १-१ विकेट लिए।