घरमा पसेर सिविक भोलेन्टियरको हत्या

Death-Image-Rep-copy

इस्लामपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना क्षेत्रको दक्षिण माटीकुन्डा गाउँमा अपराधीहरूले घरमा पसेर बमबारी र गोलीबारी गरे।यस घटनामा एक सिविक भोलेन्टियरको मृत्यु भयो।घटनामा मृत युवकको नाम शाकिब अख्तर बताइएको छ।यस घटनालाई लिएर तृणमूल कांग्रेसमा घमासान शुरू भएको छ ।पार्टीको स्थानीय नेताले एक-अर्कामाथि आरोप लगाईरहेका छन्। हमलाको आरोप इस्लामपुर प्रखण्डको एक नम्बर मटीकुन्डा ग्राम पञ्चायतको तृणमूल प्रधानमाथि लागेको छ।त्यही इस्लामपुरको तृणमूल विधायक अब्दुल करीम चौधरीले यस घटनाको निम्ति तृणमूलका जिल्लाध्यक्ष कन्हैया लाल अग्रवाललाई जिम्मेवार ठहर गरेका छन्। पञ्चायत प्रधान आफ्नो दलबलको साथ बुधवार मध्य रातमा शाकिबको घर पुगे। पञ्चायत प्रधानको तर्फबाट पहिले सिविक भोटेन्लियरलाई उसैको घरमा धम्कउने काम गरियो।सिविक भोलेन्टियरको परिवारको दाबी छ, यसपछि शाकिबमाथि निशाना लगाउँदै बम फ्याँकियो र गोलीहरू चलाइयो। बमको चपेटमा परेर शाकिब गम्भीर अवस्थामा भूईमा लड्यो। उसलाई इस्लामपुर उपजिल्ला अस्पताल लगियो, जहाँ डाक्टरहरूले शाकिबलाई मृत घोषित गरे। अर्कोतिर, शाकिबको मृत्युको खबर पाएपछि इस्लामपुर विधायक अब्दुल करीम चौधरी अस्पताल पुगे। उनले घटनाको कडा शब्दमा निन्दा गरे। उनले इस्लामपुरको पुलिस सुपरको निन्दा गर्दै एसपीलाई उनलाई समझौता गर्नलाई भनिरहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *