आजदेखि शुरु भयो खरसाङ २०औं फूल प्रदर्शनी

00-1-IMG-20230309-WA0105

युवाहरुलाई पनि प्रोत्साहन गर्नु पर्छ: अनित थापा

खरसाङ:  खरसाङ हिमालयन हर्टिकल्चर सोसाइटीको आयोजनामा आजदेखि यहाँको गोर्खा ज पुस्तकालयमा २०औं फूल प्रदर्शनी शुरु भएको छl जीटीएका मुख्य कार्यपाल अनित थापाले यस प्रदशनी उद्घाटन गरेl उनले यस फूल प्रदर्शनीको प्रशंसा गरेl यस अवसरमा उनले फूलखेतीसित सम्बन्धित रहेका सबैलाई सुझाव दिएl उनले भने, ‘सोसाइटीलाई निरन्तरता कसरी दिने? चिन्तनको विषय यही हुनुपर्नेछ। फूलखेतीले जीविका चल्छ। युवाहरुलाई पनि प्रोत्साहन दिनुपर्छl’ यसको लागि फूलखेती विषयमा संगोष्ठीहरू आयोजना गरेर नयाँ पिढीलाई प्रोत्साहन दिनुपर्ने सुझाव उनले दिएl ‘फूलको नाममा खरसाङ राखिएको छ र यहाँ फूलखेती झनै बढेर जानुपर्ने हो’, उनले भने। उल्लेखनीय छ, लेप्चा भाषामा बसेको नाम खरसाङको अर्थ हुन्छ सेतो सुनखरीको भूमिl यो प्रदर्शनी ११ मार्चसम्म चल्नेछ भने बिहान १० बेलुकी पाँच बजेसम्म खुला रहनेछl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *