च्याम्पियन्स लीगः चेल्सी र बेनफिका क्वार्टर फाइनलमा पुग्न सफल

CollageMaker_202339132813809.jpg

९ मार्चः चेल्सीले रोमाञ्चक जीतको साथ यूएफा च्याम्पियन्स लीग फूटबलको क्वार्टर फाइनलमा स्थान बनायो। यसरी नै बेनफिकालाई चाहिँ अघि बढ़्न अधिक समस्या भएन। प्रीमियर लीग क्लब चेल्सीले बुधवार राति खेलिएको दोस्रो लेगको म्याचमा जर्मनीको क्लब बोरुसिया डर्टमण्डलाई २-०-ले पराजित गऱ्यो। यसअघि डर्टमण्डको होम ग्राउण्डमा खेलिएको पहिलो लेगमा १-०-ले पराजित हुने चेल्सी समग्रमा २-१-ले विजयी भएर क्वार्टर फाइनलमा पुग्यो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट रहीम स्टर्लिंगले ४३औं मिनटमा पहिलो गोल गरे। त्यसपछि काइ हावेर्त्जले ५३औं मिनटमा पेनल्टीबाट अझ एक गोल गरी चेल्सीलाई २-०-ले जीत दिलाए। पूरा म्याचमा डर्टमण्डले होम टीमलाई कड़ा चुनौती दिए पनि गोल गर्न सकेन। यसरी नै दोस्रो लेगको अन्य एउटा म्याचमा पोर्तुगलको क्लब बेनफिकाले बेल्जियमको टीम क्लब ब्रूगेलाई ५-१-ले पराजित गऱ्यो। यसअघि पहिलो लेगमा पनि २-०-ले विजयी भएको हुनाले बेनफिकाले समग्रमा ७-१-को ठूलो अन्तरले जीत हासिल गऱ्यो। बुधवार राति विजेता टीमबाट गान्सालो रामोसले २ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement