च्याम्पियन्स लीगः बायर्न म्यूनिख र एसी मिलान क्वार्टर फाइनलमा

CollageMaker_202339132042183.jpg

९ मार्चः यूएफा च्याम्पियन्स लीग फूटबलमा खिताब जित्ने दुई प्रबल दावेदार बायर्न म्यूनिख र एसी मिलानले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। बायर्न म्यूनिखले बुधवार राति खेलिएको राउण्ड अव् सिक्स्टीन-अन्तर्गत दोस्रो लेगको म्याचमा पेरिस सेण्ट जर्मेन (पीएसजी)-लाई २-०-ले पराजित गऱ्यो। यसअघि पीएसजी-को होम ग्राउण्डमा खेलिएको पहिलो लेगमा १-०-ले विजयी भएको हुनाले समग्रमा ३-०-ले जीतको साथ जर्मनीको क्लब क्वार्टर फाइनलमा पुग्यो। आफ्नो होम ग्राउण्ड आलियाञ्ज ऐरेनामा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने बायर्नले म्याचको दुवै गोल मध्यान्तरपछि हासिल गऱ्यो। एरिक मेक्सिम छौपो-मोटिंगले ६१औं र सर्गे ग्नाब्रीले ८९औं मिनटमा गोल गरे। कीलियन एम्बाप्पे र लियोनल मेस्सी जस्ता दिग्गजको साथ पीएसजी-ले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन।

यसरी नै इटलीको क्लब एसी मिलानले टोटनह्याम हट्स्परको बिदावारी सुनिश्चित गर्दै क्वार्टर फाइनलमा स्थान बनायो। एसी मिलान र टोटनह्यामबीच बुधवार राति खेलिएको दोस्रो लेगको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसअघि आफ्नो होम ग्राउण्डमा १-०-ले जीत हासिल गरेको हुनाले समग्रमा १-०-ले विजयी भएर सातपल्टको च्याम्पियन एसी मिलानले क्वार्टर फाइनलमा स्थान पक्का गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५४ प्रतिशत पोजेशनको साथ खेल्दै गोलको निम्ति लगातार प्रयास गरे पनि टीमका डिफेण्डर क्रिस्टियन रोमेरोले ७८औं मिनटमा रातो कार्ड देख्दा टोटनह्यामको टीम दशजना खेलाड़ीमा सीमित भयो। त्यसपछि एसी मिलानलाई म्याच बचाउन अधिक समस्या भएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement