राज्यपालले सेनाका जवानहरूसॅंग मनाए रंगोत्सव

Untitled-1-copy-16

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले होलीको शुभ अवसरमा राजभवन परिसर र आईटीबीपीका जवानहरूसॅंग राजभवनमा होली मनाए। यस अवधि उनले सबैलाई रंग लगाइदिएर मिठाई वितरण गरे। यसैगरी, राज्यपालले १७ माइलमा १७ माउण्टेन डिभिजनको ट्रान्जिट क्याम्पको भ्रमण गरे अनि सेनाका जवानहरूको हौसला बढाउॅंदै रंगोत्सव मनाए।

सेनाका जवानहरूको भावनालाई देशको ताकत बताउॅंदै राज्यपालले भने, जब हामी आफ्नो घर परिवारहरूसॅंग रंगोत्सव मनाइरहेका छौ, घरदेखि धेरै टाडा देशको सुरक्षालाई सर्वोपरि मानेर दुर्गम क्षेत्रहरू र विषम परिस्थितिहरूमा तन मन समर्पित गर्ने सेनाका जवानहरू अटल अनि अडिग बनेर सीमाहरूमा डटेका छन्। राज्यपालले अझ भने, तपाईहरूको अदम्स साहस र भावनाले देशलाई ताकत प्रदान गर्छ। म सबैको समर्पणलाई नमन गर्दछु। राज्यपालले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सबै मातृ शक्तिहरूलाई पनि बधाई एवं शुभकामना दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *